+

यूएईविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल, टोलीमा चार परिवर्तन

२०८३ वैशाख  ८ गते १६:५१ २०८३ वैशाख ८ गते १६:५१
यूएईविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल, टोलीमा चार परिवर्तन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले यूएईविरुद्ध दोस्रो टी–२०आई खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ।
  • नेपालले पहिलो खेलको प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरी सन्तोष यादवलाई टी–२०आईमा डेब्यू गराएको छ।
  • नेपालले पहिलो खेलमा पराजयपछि दोस्रो खेलमा जित निकाल्दै सिरिज बराबरीमा टुंग्याउने लक्ष्य राखेको छ।

८ वैशाख, काठमाडौं । यूएईविरुद्धको दोस्रो टी–२०आई खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेलमा ६ विकेटले पराजित भएको नेपाल यो खेलमा जित निकाल्दै सिरिज बराबरीमा टुंग्याउन चाहन्छ ।

यूएई यो खेलमा पनि जित निकाल्दै घरेलु टोलीमाथि क्लिन स्वीप गर्ने रणनीतिमा हुनेछ ।

नेपालले पहिलो खेलको प्लेइङ–११ मा ४ खेलाडी परिवर्तन गरेको छ । अर्जुन साउद, सन्दीप जोरा, शेर मल्ल र बसिर अहमद बेन्चमा रहँदा सन्तोष यादव, आरिफ शेख, लोकेश बम र शाहब आलमले अवसर पाएका छन् ।

सन्तोषले टी–२०आईमा डेब्यू गर्न लागेका हुन् ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय