+
+
WC Series
Nepal
49/0 (5.2)
VS
८८ बलमा ८० रन आवश्यक
UAE
128/8 (20)
Shares

सेती नदीमा नुहाउन पसेका युवक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १७:३७
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोटीको दिपायल सिलगढी नगरपालिका-५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा २२ वर्षीय दिपक बोहरा बेपत्ता भएका छन्।
  • बोहरा बैतडीको दशरथचन्द नगरपालिका-२ देहीमाण्डौंका हुन् र क्याब दुनिला क्रसर कम्पनीमा काम गर्दै आएका थिए।
  • नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २१ जनाको टोलीले उनको खोजी कार्यमा परिचालन गरिएको छ।

८ वैशाख, डोटी । डोटीमा एक युवक सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, डोटीले दिएकाे जानकारी अनुसार जिल्लाकाे दिपायल सिलगढी नगरपालिका-५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा बैतडीकाे दशरथचन्द नगरपालिका-२ देहीमाण्डौंका करिब २२ वर्षीय दिपक बाेहरा बेपत्ता भएका हुन् ।

बाेहरा दिपायल सिलगढी नगरपालिका-५ स्थित क्याब दुनिला क्रसर कम्पनीमा काम गर्दै आएका थिए ।

उनकाे खाेजी कार्यमा नेपाल प्रहरीका ८ र सशस्त्र प्रहरी बलका १३ गरी २१ जनाकाे टाेलीले परिचालन गरिएकाे जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?