News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुम पश्चिमको त्रिभुवन जनता माविका ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- मुद्दा अनुसार तत्कालीन प्रअ हरिप्रसाद खनाल र लेखापाल ठकबहादुर बुढाथोकी विरुद्ध जनही १० लाख ७५ हजार ७५३ रुपैयाँ बिगो दाबी गरिएको छ।
- अख्तियारले प्रविधिमैत्री कक्षा कोठा निर्माणमा नक्कली बिल भौचर बनाएर भ्रष्टाचार गरेको आरोप लगाएको छ।
९ वैशाख, काठमाडौं । रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तत्कालीन प्रअ खनाल र लेखापाल ठकबहादुर बुढाथोकी विरुद्ध जनही १० लाख ७५ हजार ७५३, कार्यालय सहायकद्वय रमा शाह र गौरी रावत केसी विरुद्ध जनही ४ लाख ८८ हजार ८११ रुपैयाँ बिगो दाबी गरिएको छ ।
यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका-६ का डिजिटल कम्प्युटर एन्ड इलेक्ट्रोनिक्स वर्ल्डका प्रोपाइटर शिवप्रसाद श्रेष्ठविरुद्ध ७ लाख ८ हजार ८११ रुपैयाँ बिगो दाबी गरिएको छ ।
विव्यस अध्यक्ष खड्का, मुसीकोट नगरपालिकाका शाखा अधिकृत बिनाराम खड्का र सूचना प्रविधि अधिकृत गोपाल ओलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ (२) बमोजिमक कसर अनुसार कारबाही हुनुपर्ने आरोपपत्रमा छ ।
उनीहरूले आर्थिक वर्ष २०७८/७९ मा प्रविधिमैत्री कक्षा कोठा निर्माण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत खरिद गरिएको सामग्रीमा नक्कली बिल भौचर बनाएर भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।
प्रतिक्रिया 4