+
+
Shares

चैतमा नौ सय विपद्का घटना, ३० जनाको मृत्यु   

रासस रासस
२०८३ वैशाख १० गते १२:५९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत चैतमा देशभरि आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा ३० जनाको मृत्यु भएको छ।
  • विपत्तिमा परी २२२ जना घाइते भएका छन् भने १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति भएको छ।
  • विपत्तिबाट ३३ करोड ७२ लाख ६१ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान छ र १४३ जना विस्थापित भएका छन्।

१० वैशाख, काठमाडौं । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ ।

आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा परी १६ पुरुष, १० महिला र चार जना बालबालिकाको मृत्यु भएको हो ।
दैवी विपत्तिमा परेर २२२ जना घाइते भएका छन् । विपद्बाट १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति भउको छ भने ५२९ चौपाया मरेका छन् ।

विपद्‍बाट ३३ करोड ७२ लाख ६१ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । विपद् प्रतिकार्यमा चार हजार ८४१ प्रहरी परिचालन भएका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।

विपद्‍बाट १४३ जना विस्थापित भएका छन् । सो अवधिमा कोशीमा २७२, मधेसमा १३६, बागमतीमा ८५, काठमाडौँ उपत्यकामा ३९, गण्डकीमा ९५, लुम्बिनीमा १२९, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा ९३ वटा विपद्का घटना भएका जनाइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?