+
+
Shares

रविविरुद्ध मुद्दाको सुनुवाइ महान्यायाधिवक्ता कार्यालयले गर्‍यो स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १३:२७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधनको निर्णय विरुद्ध परेको रिट निवेदनको सुनुवाइ बिहीबार स्थगित भएको छ।
  • महान्यायाधिवक्ता कार्यालयको निवेदनका आधारमा बिहीबार न्यायाधीशहरूको इजलासमा सुनुवाइ स्थगित गरिएको हो।
  • सर्वोच्च अदालतले मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो।

१० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधनको निर्णय विरुद्ध परेको रिट निवदनको सुनुवाइ बिहीबारका लागि स्थगित भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले सुनुवाइ स्थगित गर्न दिएको निवेदनका आधारमा बिहीबार तय भएको सुनुवाइ स्थगित भएको हो ।

बिहीबार न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा मुद्दाको पालो परेको थियो ।

मुद्दा संशोधनको निर्णयमाथि सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएकोमा संयुक्त इजलासका दुई न्यायाधीशहरूले गम्भीर कानुनी प्रश्न उठाउँदै मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पेस गर्न आदेश दिएका थिए ।

सर्वोच्च अदालतले त्यसपछि बिहीबार पहिलोपटक मुद्दाको सुनुवाइको मिति तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?