News Summary
Generated by OK AI. Editorially reviewed.- यातायात व्यवस्था विभागले मालवाहक सवारीसाधनले तोकिएभन्दा बढी भार बोके कारबाही हुने बताएको छ।
- आयातित सवारीसाधन भन्सार कार्यालय परिसरमै क्षमता अनुसार भार मिलान गरेर मात्र सञ्चालन गर्नुपर्ने विभागले उल्लेख गरेको छ।
- मालवाहक सवारीले प्रस्थान, मध्य र गन्तव्य नजिकका तौलपुलमा तीन पटक तौल गराइ लोड सिट साथमा राख्नुपर्ने र सीमाभन्दा बढी मालसामान हटाएर मात्र चल्न दिइने विभागले स्पष्ट पारेको छ।
१० वैशाख, काठमाडौं । मालवाहक सवारीसाधनले तोकिएभन्दा बढी भार बोके कारबाही हुने भएको छ ।
यातायात व्यवस्था विभागले मालवाहक सवारीको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ को प्रावधान उल्लेख गर्दै त्यसमा तोकिएभन्दा बढी भार लिएर नहिँड्न सचेत गराएको हो ।
विभागका अनुसार आयातित सवारीसाधन ढुवानीका लागि भन्सार कार्यालय परिसरमै क्षमता अनुसार भार मिलान गरेरमात्र सञ्चालन गर्नुपर्ने भएको छ ।
मालवाहक सवारीले प्रस्थान बिन्दु नजिकै, मध्यबिन्दु र गन्तव्य नजिकका तौलपुलमा अनिवार्य तीन पटक तौल गराइ लोड सिट साथमा राख्नुपर्ने छ ।
सीमाभन्दा बढी भार बोक्ने मालवाहक सवारीलाई कानुन अनुसार कारबाही गरी सीमाभन्दा बढी मालसामान हटाएर मात्र अब चल्न दिइने भएको छ ।
सीमाभन्दा बढी सामान व्यवस्थापन समेत सवारीधनी आफैंले गर्नुपर्ने विभागले स्पष्ट पारेको छ ।
यस्तो छ विभागको सूचना

प्रतिक्रिया 4