+
+
Shares

बन्दुकको छर्रा लागेर वडा सदस्य घाइते

घाइते हुनेमा सुर्नया गाउँपालिका–२ का वडासदस्य समेत रहेका ४५ वर्षीय दानबहादुर ऐरी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बल्देव बडूले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १९:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीमा भरुवा बन्दुक पड्किएर सुर्नया गाउँपालिका–२ का वडासदस्य दानबहादुर ऐरी घाइते भएका छन्।
  • ऐरीलाई जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि धनगढी माया मेट्रो अस्पतालमा रिफर गरिएको छ।
  • प्रहरीले उक्त बन्दुक नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

१० वैशाख, बैतडी । बैतडीमा भरुवा बन्दुक पड्किएर एक जना घाइते भएका छन् ।

घाइते हुनेमा सुर्नया गाउँपालिका–२ का वडासदस्य समेत रहेका ४५ वर्षीय दानबहादुर ऐरी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बल्देव बडूले जानकारी दिए ।

ऐरी आफैँले भरेको बन्दुकको छर्रा घाँटीमा लागेर बुधबार साँझ घाइते भएको प्रहरीको भनाइ छ ।

घाइते ऐरीलाई जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको र अहिले माया मेट्रो अस्पताल धनगढीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

उक्त बन्दुक प्रहरीले नियन्त्रणले लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता बडूले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?