+
+
Shares

कर्मचारीमाथि दुर्व्यवहारले सिरहा नगरपालिकाको नियमित सेवा प्रवाह प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते ११:४६

११ वैशाख, सिरहा । सिरहा नगरपालिकाभित्र कर्मचारीमाथि भएको दुर्व्यवहार र जनप्रतिनिधिसँग बढ्दो विवादका कारण कार्यालयको नियमित सेवा प्रवाह प्रभावित भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुका अनुसार, पछिल्लो समय कर्मचारी र केही जनप्रतिनिधिबीच उत्पन्न विवादले कार्यालयको वातावरण असहज बन्दै गएको छ ।

चैत २३ गते मेयरले कर्मचारीमाथि कुटपिट गरेपछि स्थिति थप जटिल बनेको जनाइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुले जारी गरेको सूचनामा उल्लेख भएअनुसार केही जनप्रतिनिधि तथा उनीहरू सम्बद्ध समूहले कार्यालयभित्र अनावश्यक हस्तक्षेप गर्दै कर्मचारीमाथि दबाब, धम्की तथा दुर्व्यवहार गर्ने प्रयास गरेका छन् । यसले प्रशासनिक कामकाज मात्र नभई आर्थिक सेवा प्रवाहमा समेत प्रत्यक्ष असर परेको नगरपालिकाले जनाएको छ ।

वैशाख १० गते कर्मचारी बैठककै क्रममा कार्यालय प्रमुखसहित कर्मचारीमाथि दुर्व्यवहार भएको घटनाले कर्मचारीहरू सुरक्षित वातावरणमा काम गर्न नसक्ने स्थिति सिर्जना भएको बताइएको छ ।

नगरपालिकाले हालको परिस्थितिमा कार्यसम्पादन गर्न कठिनाइ भएको जनाउँदै सरोकारवाला निकायहरूसँग आवश्यक सहजीकरण र सहयोगको माग गरेको छ । साथै प्रमुख प्रशासकीय अधिकृत केही समयका लागि कार्यालयमा अनुपस्थित रहने जानकारी दिँदै सेवा प्रवाहलाई वैकल्पिक रूपमा निरन्तरता दिने प्रयास भइरहेको जनाएको छ ।

उक्त विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सिरहालगायत सम्बन्धित निकायलाई बोधार्थ पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?