+
+
Shares

सुकुमवासी मोर्चाका कावा अध्यक्ष परिश्रमी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले फरार देखिएपछि परिश्रमीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए।
  • सरकारले सुकुमवासी बस्ती हटाउने निर्णयसँग जोडेर परिश्रमीको पक्राउलाई समेत हेरिएको छ।

११ वैशाख, काठमाडौं । सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले परिश्रमी पक्राउ परेको पुष्टि गरे । उनका अनुसार बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धानका लागि परिश्रमी पक्राउ परेका हुन् ।

‘बैंकिङ कसुरको मुद्दामा फरार देखिएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेका हौं,’ एसपी भट्टराईले भने ।

सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेसँगै परिश्रमी पक्राउ पर्नुले उक्त घटनासँग जोडेर समेत हेर्ने गरिएको छ ।

यसअघि पनि सुकुमवासी बस्ती हटाउने क्रममा उनले प्रहरीमाथि नै बल प्रयोग गरेको आरोप थियो । त्यतिबेला परिश्रमीविरुद्ध मुद्दा चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?