+
+
Shares

सुकुमवासी बस्तीबारे रास्वपा प्रवक्ता भन्छन् : आश्रय लिने र कब्जा गर्ने फरक हुन्छ

रास्वपा प्रवक्ता मनिष झाले सुकुमवासीको नाममा ठाउँ ओगटेर गरिब हुँ भन्दै अनैतिक र अव्यवहारिक काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनै पर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा प्रवक्ता मनिष झाले काठमाडौंका सुकुमवासीको नाममा अनैतिक काम गर्नेलाई कारबाहीमा ल्याउनुपर्ने बताएका छन्।
  • उनले भने, 'सरकारले सुकुमवासीलाइ वैकल्पिक र व्यवस्थित ठाउँ दिएको छ र संरक्षण गर्नु सरकारको दायित्व हो।'
  • सरकारले काठमाडौं महानगरको समन्वयमा सुकुमवासी बस्ती भोलि बिहानबाट हटाउने तयारी गरेको छ।

११ वैशाख, काठमाडौं । रास्वपा प्रवक्ता मनिष झाले सुकुमवासीको नाममा ठाउँ ओगटेर गरिब हुँ भन्दै अनैतिक र अव्यवहारिक काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनै पर्ने बताएका छन् । सरकारले काठमाडौंका सुकुमवासी बस्ती हटाउन गरेको तयारीबारे अनलाइनखबरसँग संक्षिप्त कुरा गर्दै झाले आश्रय लिनु र कब्जा गर्नु फरक भएको बताएका हुन् ।

‘यसमा आश्रय लिने र कब्जा गर्ने फरक हुन्छ । सरकारले उहाँ(सुकुमवासी)लाई बस्न कतै ठाउँ नबनाएको हैन । वैकल्पिक र व्यवस्थित ठाउँ छ,’ उनले भने, ‘यदि साँच्चिकै सुकुमवासी हुन् र अप्ठ्यारो परेको हो भनेर उनीहरूमाथि सद्भाव राख्ने मात्रै होइन सरकारको दायित्व र कर्तव्य पनि हुन्छ उनीहरूको संरक्षण गर्नु ।’

उनले सरकारले सूचीकरण गर्ने, व्यवस्थित गर्दै संरइक्षण गर्दै अघि बढ्नुपर्ने पनि बताए । ‘यहाँ ठाउँ ओगटेर बस्ने र म गरिब हुँ भनेर अरु अनैतिक, अव्यवहारिक काम गर्नेलाई कारबाहीमा ल्याउनै पर्छ, ‘ उनले थपे, ‘सूचीकरण गरेर, व्यवस्थित गरेर संरक्षण गर्नुपर्छ । यसरी अघि बढ्ने हो ।’

सरकारले काठमाडौं महानगरको समन्वयमा काठमाडौंका विभिन्न सुकुमवासी बस्ती भोलि बिहानबाट हटाउने तयारी छ । त्यसका लागि त्यहाँ बसोबास गर्दै आएकाहरूलाई ठाउँ खाली गर्न माइकिङ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?