+
+
Shares

इजरायल र हिजबुल्लाहद्वारा एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप

शुक्रबार दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमध्यमले जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १५:२६

११ वैशाख, काठमाडौं । इजरायल र लेबनानको कट्टरपन्थी सशस्त्र समूह हिजबुल्लाहले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाएका छन् ।

इजरायली डिफेन्स फोर्स(आईडीएफ)ले शुक्रबार लेबनानबाट प्रहार भएका कैयौं प्रोजेक्टाइल रोकेको दाबी गरेको थियो । यस्तै सीमावर्ती स्टुला क्षेत्रमा खतराको साइरन पनि बजेको आईडीएफको दाबी छ ।

यस्तै आईडीएफले एक्समार्फत तीनजना ‘हिजबुल्लाहका आतंकवादी’ मारेको पनि दाबी गरेको छ । उनीहरूले इजरायली हवाई सेनाका विमानमा मिसाइल हान्ने प्रयास गरेको आईडीएफले बताएको छ ।

उता हिजबुल्लाहले लेबनानी क्षेत्रमा आईडीएफले क्षेप्यास्त्र हमला गरेको आरोप लगाइको छ ।

यीनै घटनालाई लिएर शुक्रबार दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?