१० वैशाख, काठमाडौं । काठमाडौंका सुकुमवासीलाई स्थानान्तरण गराएपछि उनीहरूलाई खाना र बस्नको व्यवस्था काठमाडौं महानगरले गर्ने भएको छ ।
शनिबार–आइतबार स्थानान्तरण गर्ने र त्यसपछिको व्यवस्थापनबारे शुक्रबार सहरी विकासमन्त्री सुनिल लम्सालले सरोकारवालहरूसँग छलफल गरेका थिए । सोही छलफलपछि तय गरिएको योजनामा सो कुरा उल्लेख छ ।
सुकुमवासीलाई आश्रयस्थलमा ओसारीसकेपछि उक्त स्थलमा खाना, खाजा, पानीको व्यवस्था काठमाडौं महानगरपालिकाले गर्ने सहमति भएको छ । यस्तै अल्पकालीन बासको व्यवस्थापन गर्ने जिम्मा पनि महानगरलाई नै दिइएको छ ।
उपचारका लागि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मेडिकल टीम खटाउने भनिएको छ । यस्तै अन्य दैनिक उपभोग्य सामग्री र पानीलगायतका अत्यावश्यक आपूर्ति व्यवस्थापन सहरी विकास मन्त्रालयबाट पनि गरिने भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4