+
+
Shares

थापाथलीको सुकुमवासी बस्तीका संरचना भत्काउन थपिए २ डोजर

सरकारले दुई दिन अघि सूचना जारी गर्दै आज र भोलि काठमाडौंका मुख्य सुकुमवासी बस्ती खाली गराउन लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते ११:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले १२ वैशाखदेखि थापाथलीस्थित बागमती नदी किनारका सुकुमवासी बस्ती खाली गराउन थालेको छ।
  • शनिबार बिहानदेखि तीन डोजरले थापाथलीमा बस्तीका संरचनाहरू भत्काइरहेका छन् र दिउँसो थप दुई डोजर परिचालन गरिएको छ।
  • सिनामंगल र मनोहरा क्षेत्रमा पनि बस्ती खाली गर्ने प्रक्रिया जारी छ।

१२ वैशाख, काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचनाहरू शनिबार बिहानैदेखि भत्किरहेका छन् ।

सरकारले दुई दिन अघि सूचना जारी गर्दै आज र भोलि काठमाडौंका मुख्य सुकुमवासी बस्ती खाली गराउन लागेको हो ।

यसैबीच शनिबार दिउँसो थापाथली क्षेत्रमा पुन: दुई वटा डोजर थप गरिएको छ ।

बिहानदेखि तीन वटा डोजरले धमाधम बस्तीका संरचनाहरू भत्काइरहेका छन् ।

अहिले पुन: अन्य दुईवटा डोजर थप गरिएको हो ।

थापाथलीमा बिहानैदेखि डोजर चलिरहेको छ भने सिनामंगल, मनोहरा लगायतका क्षेत्रमा भने बस्ती खाली हुने प्रक्रियामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?