+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

यो वर्षभित्रै तीन वाणिज्य बैंकको एक अर्बको साधारण सेयर

७ असोज काठमाडौं । के तपाई ठूला बैंकको सेयर प्राथमिक मुल्यमा खरिद गर्न नपाएर छटपटाइरहनु भएको छ ? यदि हुनुहुन्छ भने खुसीको खबर ।

तपाईले यो वर्षभित्रै स्टान्डर्ड चार्टर्ड, इन्भेष्टमेन्ट र हिमालयन बैंकको १ अर्ब रुपैयाँभन्दा बढीको साधारण सेयर किन्न पाउनु हुनेछ ।

सञ्चालनमा रहेका बैंकहरुले आर्थिक वर्ष २०७१/०७२ भित्रै सर्वसाधारणको सेयर हिस्सा अनिवार्यरुपमा ३० प्रतिशत पुर्‍याउनु पर्ने राष्ट्र बैंकको निर्देशन अनुरुप ३ ठूला बैंकको सेयर प्राथमिक मुल्यमै किन्न पाउनुहुने भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ७ गते १५:४९

Standered,-Himalayan-and-Investment-Bank

७ असोज काठमाडौं । के तपाई ठूला बैंकको सेयर प्राथमिक मुल्यमा खरिद गर्न नपाएर छटपटाइरहनु भएको छ ? यदि हुनुहुन्छ भने खुसीको खबर ।

तपाईले यो वर्षभित्रै स्टान्डर्ड चार्टर्ड, इन्भेष्टमेन्ट र हिमालयन बैंकको १ अर्ब रुपैयाँभन्दा बढीको साधारण सेयर किन्न पाउनु हुनेछ ।

सञ्चालनमा रहेका बैंकहरुले आर्थिक वर्ष २०७१/०७२ भित्रै सर्वसाधारणको सेयर हिस्सा अनिवार्यरुपमा ३० प्रतिशत पुर्‍याउनु पर्ने राष्ट्र बैंकको निर्देशन अनुरुप ३ ठूला बैंकको सेयर प्राथमिक मुल्यमै किन्न पाउनुहुने भएको हो ।

राष्ट्र बैंकले नयाँ बैंकहरुको इजाजत रोकेका कारण सर्वसाधारण लगानीकर्ताले वाणिज्य बैंकको साधारण सेयरमा लगानी गर्न पाइरहेका छैनन् । यो अवस्थामा स्टान्डर्ड चार्टड, इन्भेष्टमेन्ट र हिमालयनको सेयरले लगानीकर्तालाई ठूलो आकर्षण गर्नेछ ।

विदेशी बैंक तथा वित्तीय संस्थाको लगानीमा सञ्चालनमा रहेका बैंकहरुलाई चुक्ता पुँजीको ३० प्रतिशतभन्दा कम सर्वसाभारण सेयर भएपनि हुन्छ भन्ने सुविधाको उपयोग गरेका तर नेपालीले नै  सेयर किनिसकेको अवस्थामा  भने ३० प्रतिशत साभारण सेयर अनिवार्य पुर्‍याउनु पर्नेछ ।

राष्ट्र बैंकले यस्ता बैंकहरुलाई दुई वटा विकल्प दिएको छ । पहिलो अहिले संस्थापकसँग भएको सेयर सर्वसाधारणमा परिणत गरेर । दोस्रो थप सेयर जारी गरेर । थप सेयर जारी गर्दा बैंकहरुले प्राथमिक मुल्यमा जारी गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

स्टान्डर्ड र्चाडर्ड

स्टान्डर्ड चार्टर्ड बैंकले यो वर्षभित्रै सर्वसाधारणलाई १४ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्नुपर्ने हुन्छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ४ करोड रुपैयाँ छ । जसमध्ये २२.९७ प्रतिशत मात्रै सर्वसाधारणको लगानी छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार ७.०३ अर्थात १४ करोड रुपैयाँभन्दा बढी सेयर सर्वसाधारणलाई दिनु पर्ने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७०/०७१ कमाएको १ अर्ब ३७  करोड नाफाबाट लाभांसको घोषणा गरेका छैन । लाभांस घोषणा पश्चात सर्वसाधारणमा जारी गर्नुपर्ने सेयरको मात्रा पनि बढ्ने छ ।

यो बैंकमा बेलायती समूहको स्टान्डर्ड चार्टड बैंकको लगानी रहेको छ ।

इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले यो वर्षभित्रै ४१ करोड रुपैयाँ मुल्य बराबरका साधारण सेयर जारी गर्नुपर्ने हुन्छ । हाल रहेको बैंकको २ अर्ब १४ करोड रुपैयाँ चुक्ता पुँजीमा सर्वसाधारणको सेयर हिस्सा २० प्रतिशत मात्रै छ ।

बैंकको गत भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७०/०७१ मा कमाएको १ अर्ब ९५ करोड रुपैयाँ नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

प्रस्तावित बोनस सेयर पारित भए बैंकको चुक्ता पुँजी ४ अर्ब ७६ करोड रुपैयाँ पुग्ने छ । त्यसपछि बैंकले करिब ४५ करोड रुपैयाँ बराबरको साधारणसेयर जारी गर्नुपर्ने हुन्छ ।

हालको इन्भेष्टमेन्ट बैंक तत्कालिन इन्डोस्वेज बैंक खरिद गरी सञ्चालनमा ल्याइएको हो । नेपालमा इन्डोस्वेज बैंकले १९८६ देखि कारोबार सञ्चालन सुरु गरेको थियो । नेपाली र प|mेन्चको संयुक्त लगानीमा खुलेको इन्डोस्वेजले सन २००२ बाट आफ्नो शेयर विक्री गरेर बाहिरिएको थियो ।

तत्कालिन इन्डोस्वेजको ५० प्रतिशत सेयर नेपाल लगानीकर्ताले खरिद गरेका थिए । नेपाली लगानीकर्ताले बैंक खरिद गरेपछि नाम परिवर्तन गरेर नेपाल इन्भेष्टमेन्ट बैंक बनाए ।
इन्भेष्टमेन्ट बैंकमा विदेशी लगानीकर्ताले आफ्नो लगानी फिर्ता लगिसक्दा पनि सर्वसाधारण सेयर हिस्सा भने २० प्रतिशत मात्रै छ ।

हिमालयन बैंक

हाल कायम रहेको चुक्ता पुँजीका आधारमा हिमालयन बैंकले पनि सर्वसाधारणलाई ४१ करोड रुपैयाँ बराबरका सेयर जारी गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ७६ करोड रुपैयाँ छ । तर, उसले सर्वसाधारणलाई १५ प्रतिशत मात्रै सेयर दिएको छ । यो बैंकमा पाकिस्तानी बैंक हमिद बैंक अफ पाकिस्तानको लगानी छ ।

यो बैंकले पनि आर्थिक वर्ष २०७०/०७१ मा कमाएको १ अर्ब १० करोड रुपैयाँ नाफाबाट लाभांसको घोषणा गरेको छैन । लाभांसमा बोनस सेयरको घोषणा गरेसँगै बैंकले थप सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने छ ।

‘कुनै विदेशी बैंक वा वित्तीय संस्थाको लगानी रहेको कारणबाट इजाजतपत्र प्राप्त संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम सर्वसाधारणलाई बिक्री वितरण गर्नको लागि आफ्नो कुल जारी पुजीको कम्तीमा ३० प्रतिशत शेयर छुटयाउनु पर्ने व्यवस्थामा छुट पाईरहेका छन, राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘कुनै कारणवश विदेशी लगानी फिर्ता लगि नेपाली व्यक्ति वा संस्थालाई विक्री गरेको अवस्थामा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले एक वर्षभित्र सर्वसाधारण सेयरको हिस्सा कम्तीमा ३० प्रतिशत पुर्‍याउनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?