News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार भारतीय ठूलो गोलभेँडाको मूल्य सोमबार आइतबारको तुलनामा प्रतिकिलो १० रुपैयाँले बढेको छ।
- भारतीय ठूलो गोलभेँडाको मूल्य सोमबार न्यूनतम १ सयदेखि अधिकतम १ सय १० र औसत १ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।
- लोकल र तराईको सानो गोलभेँडाको मूल्य सोमबार सामान्य वृद्धि भई क्रमशः न्यूनतम ५४ देखि अधिकतम ६३ र न्यूनतम ५२ देखि अधिकतम ६० रुपैयाँमा किनबेच भइरहेको छ।
१४ वैशाख, काठमाडौं । बजारमा गोलभेँडाको मूल्य उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले गोलभेँडाको मूल्यवृद्धि भएको देखाएको हो ।
भारतबाट आयात हुने ठूलो गोलभेँडाको मूल्य हिजो आइतबारको तुलनामा आज सोमबार प्रतिकिलो १० रुपैयाँले बढेको छ । आइतबार भारतीय ठूलो गोलभेँडाको मूल्य न्यूनतम ९० र अधिकतम १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै औसत मूल्य ९५ थियो ।
आज सोमबार यो गोलभेँडा न्यूनतम १ सयदेखि अधिकतम १ सय १० र औसत मूल्य १ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै आइतबार न्यूनतम ५५ देखि अधिकतम ६५ र औसत ५९ रुपैयाँमा बिक्री भएको लोकल गोलभेँडा सोमबार पनि सोही न्यूनतम र अधिकतम मूल्यमा कारोबार भइरहेको छ ।
भारतीय सानो गोलभेँडा आइतबार न्यूनतम ५० देखि अधिकतम ६० र औसत ५६ रुपैयाँ रहेकोमा सोमबार बढेर न्यूनतम ५४ देखि अधिकतम ६३ र औसत ५८ रुपैयाँ कायम छ ।
यसैगरी, तराईको सानो गोलभेँडा आइतबार न्यूनतम ५० देखि अधिकतम ६० र औसत ५५ रुपैयाँका किनबेच भएको थियो । आज सोमबार भने यो गोलभेँडाको मूल्य सामान्य बढेर न्यूनतम ५२ देखि अधिकतम ६० र औसत ५६ रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया 4