+
+
Shares

कीर्तिपुर क्रिकेट मैदानको भाडा सम्झौता छिटै हुन्छ : मन्त्री पोखरेल

त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन: भाडा सम्झौता हुने सरकारले स्पष्ट पारेको छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको भाडा सम्झौता छिटै हुने स्पष्ट पारेको छ।
  • मन्त्री सस्मित पोखरेलले त्रिवि उपकुलपतिसहितको बैठकमा भाडा सम्झौता रिन्यू गर्ने निर्णय भएको बताए।
  • त्रिवि र नेपाल क्रिकेट संघबीचको करार सम्झौता यही वैशाख मसान्तमा सकिँदैछ।

१४ वैशाख, काठमाडौं । त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन: भाडा सम्झौता हुने सरकारले स्पष्ट पारेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिनेक्रममा मन्त्री सस्मित पोखरेलले आजमात्रै त्रिविका उपकूलपतिसहितका उच्च पदाधिकारीसँग छलफल भएको र भाडा सम्झौता छिटै हुने बताएका हुन् ।

‘आज बिहान त्रिवि उपकुलपतिसहितको बैठक थियो । सकारात्मक कुरा भएको छ । खाली गराउने हैन । भाडा सम्झौता रिन्यू गर्ने हो ।राज्यका यत्रो लगानी भएको छ,’ उनले भने, ‘राज्यकै संरचना हो । लिज पुन: एग्रिमेन्ट चाहिँ गराउनुपर्नेछ ।’

सरकारले थालेको अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत त्रिविले गत ४ वैशाखमै सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायलाई जग्गा खाली गर्न निर्देशन दिएको हो ।

त्यही निर्णयअनुसार त्रिविको रजिस्ट्रार कार्यालयअन्तर्गत सामान्य प्रशासन महाशाखाले नेपाल क्रिकेट संघ (क्यान)लाई समेत पत्राचार गरेको छ । त्रिवि र क्यानबीचको करार सम्झौता यही वैशाख मसान्तमा सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?