News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरूमा सरकारको लगानी निरन्तर बढ्दै गए पनि अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको स्थितिपत्र सार्वजनिक गरेको छ।
- फागुन २०८२ सम्म सरकारको पूर्ण स्वामित्वमा २० र अधिकांश स्वामित्वमा २५ गरी कुल ४५ सार्वजनिक संस्थान सञ्चालनमा छन्।
- आर्थिक वर्ष २०८०/८१ मा कुल सेयर लगानीको तुलनामा २.४ प्रतिशत अर्थात् ८ अर्ब ८४ करोड रुपैयाँ मात्र लाभांश प्राप्त भएको मन्त्रालयले जनाएको छ।
१४ वैशाख, काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक स्थितिपत्र अनुसार सार्वजनिक संस्थानहरूमा सरकारको लगानी निरन्तर बढ्दै गए पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन ।
फागुन २०८२ सम्मको तथ्यांक अनुसार सरकारको पूर्ण स्वामित्वमा रहेका २० र अधिकांश स्वामित्व रहेका २५ गरी कुल ४५ सार्वजनिक संस्थान सञ्चालनमा छन् ।
सञ्चालनमा रहेका यी संस्थानमध्ये २८ वटा नाफामा छन् भने १५ वटा घाटामा र २ वटा संस्थान बन्द अवस्थामा छन् ।
मन्त्रालयका अनुसार असार २०८१ सम्म सार्वजनिक संस्थानमा सरकारको कुल लगानी ७ खर्ब ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।
यस कुल लगानीमध्ये सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी ३ खर्ब ३९ अर्ब ८ करोड छ ।
यति ठूलो लगानी भए तापनि लगानीको तुलनामा प्रतिफल भने अत्यन्त न्यून देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा सरकारले कुल सेयर लगानीको तुलनामा २.४ प्रतिशतमात्र अर्थात् ८ अर्ब ८४ करोड रुपैयाँ लाभांश प्राप्त गरेको स्थितिपत्रमा उल्लेख छ ।
संस्थानहरूको कमजोर वित्तीय अवस्थाका साथै सुशासनमा समेत समस्या देखिएको छ ।
कतिपय संस्थानको नियमित लेखा परीक्षण समेत हुन नसक्दा तिनीहरूको वास्तविक सञ्चित नोक्सानी र सम्भाव्य दायित्व यकिन गर्न नसकिएको मन्त्रालयले जनाएको छ ।
लगानीको तुलनामा न्यून प्रतिफल रहेकाले सार्वजनिक संस्थानलाई उचित प्रतिफल आउने गरी प्रभावकारी रूपमा व्यवस्थापन गर्नु आवश्यक देखिएको स्थितिपत्रमा
प्रतिक्रिया 4