१५ वैशाख, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा स्कुटर दुर्घटना हुँदा एक जानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरी–५ कलंकीमा निर्माणाधीन ‘डाइभर्सन’मा को २ प ४५८९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित पल्टिँदा उराँव गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4