+
+
Shares

रुकुम पश्चिममा जिप दुर्घटना : १२ जना घाइते, तीनको अवस्था गम्भीर

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते २१:१७

१५ वैशाख, रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ग १ च ५२१३ नम्बरको बोलेरो जिप वडा नम्बर ९ को सुन्दरपानीस्थित भित्री सडकखण्डमा मंगलबार साँझ दुर्घटना भएको हो ।

सडकको भित्तामा ठोक्किएर भएको दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

चालक सानीभेरी गाउँपालिका ४ का २६ वर्षीय नरेन्द्र बिक फरार रहेको र खोजी भइरहेको डिएसपी पौडेलले बताए । गाडी धनी आठबिसकोट नगरपालिका–८ का हरिबहादुर गैरे भने प्रहरीको सम्पर्कमा रहेको उनको भनाइ छ । घाइतेहरूको नगर अस्पताल राडीमा उपचार भइरहेको उनले जानकारी गराए ।

घाइते हुनेहरूमा आठबिसकोट नगरपालिका–१० की ४५ वर्षीया जसी दमाई, वडा नम्बर ८ का १६ वर्षीय भुपेन्द्र सत्याल, सोही ठाउँका २३ वर्षीय महेन्द्र गैरे, वडा नम्बर १० की ५९ वर्षीया धनकुमारी सार्की, वडा नम्बर ८ की २६ वर्षीया नन्दकली पुन र सोही वडाका २५ वर्षीय पूर्णबहादुर सार्की रहेको डिएसपी पौडेलले बताए ।

त्यस्तै आठबिसकोट नगरपालिका वडा नम्बर ९ की ३५ वर्षीया सुशीला नेपाली, वडा नम्बर ८ का ११ वर्षीय ओमप्रकाश घर्ती, वडा नम्बर १० की ६२ वर्षीय कैली नेपाली, वडा नम्बर ८ की ६० वर्षीया मिना घर्ती, सोही वडाका ६१ वर्षीय मनबहादुर बस्याल र वडा नम्बर १० की १७ वर्षीया सीता बिक थप घाइते छन् ।

घाइतेमध्ये जसी, भुपेन्द्र र महेन्द्रको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?