News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले सरकारले लोकतान्त्रिक विधिभन्दा बाहिर गएर राष्ट्रपतिसमक्ष पेस गरेका दुई विधेयक फिर्ता लिनुपर्ने बताएका छन्।
- उनले संसद् छलेर अध्यादेश ल्याउनुको भित्रिकारण डरलाग्दो देखिएको र दुवै विधेयक फिर्ता लिन अनुरोध गर्न चाहेको बताए।
- सरकारले सहकारीसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको छ।
१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले सरकार लोकतान्त्रिक विधिभन्दा बाहिर गएको टिप्पणी गरेका छन् ।
कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्षी दलहरूको बैठकमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले राष्ट्रपतिसमक्ष पेस गरेका विधेयकहरू फिर्ता लिनुपर्ने बताएका हुन् ।
‘लोकतान्त्रिक विधिभन्दा बाहिर गएर सरकारले हिजोमात्र विधेयक राष्ट्रपतिसमक्ष सिफारिस २ वटा विधेयक सिफारिस गरेको छ,’ उनले भने, ‘यो लोकतान्त्रिक विधिबाहिरको हर्कत हो । संसद् छलेर अध्यादेश ल्याउनुको भित्रिकारण डरलाग्दो देखिरहेका छौं ।दुवै विधेयक फिर्ता लिन अनुरोध गर्न चाहन्छु ।’
उनले यसअघि प्रतिपक्षमा रहँदा अन्य दल सरकारमा हुँदा अध्यादेश ल्याउँदा रास्वपाले विरोध गर्ने गरे पनि अहिले मौन रहेको विषयमा पनि प्रश्न गरेका छन् । उनले यसबारे विपक्षी दलहरूले एजेन्डा तय गरेर नै प्रतिवाद गर्ने बताए ।
सरकारले हिजोमात्रै सहकारीसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको छ । sf|u
प्रतिक्रिया 4