+
+
Shares

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

उनले सुकुमवासी बस्ती हटाएको विषयमा अनावश्यक राजनीतिकरण गर्न नहुने र भोट बैंकको राजनीति गर्न नहुने पनि बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सभापति रवि लामिछानेले सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने बताएका छन्।
  • उनले सुकुमवासीलाई जोखिमपूर्ण स्थानबाट सुरक्षित स्थानमा सरल तरिकाले सारिएको उल्लेख गरे।
  • सरकारले घरबारविहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको जिम्मेवारी लिने बताए।

१६ वैशाख, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने बताएका छन् । पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सांसदसमेत रहेका लामिछानले यसपटक सुकुमवासीलाई सुरक्षित स्थानमा सरल तरिकाले सारिएको बताएका हुन् ।

‘जोखिमपूर्ण स्थानमा रहेको सुकुम्बासीलाई पटक पटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ । लगत सङ्कलन र ब्यबस्थापनमा सरकार जिम्मेवार भएर काम गर्दैछ,’ उनले भने, ‘कतै कुनै थप सजकता आवश्यक छ भने ध्यानाकर्षण गराउन अनुरोध छ । ढलको छेउमा, बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थान वारे चिन्ता छ र सबैको भविष्यबारे चिन्ता गर्नु यो सरकारको कर्तव्य हो । देशैभरी रहेको यस्तो समस्यालाई एक बिशेष आयोग बनाएर शीघ्र काम गरिने छ।’

उनले सुकुमवासी बस्ती हटाएको विषयमा अनावश्यक राजनीतिकरण गर्न नहुने र भोट बैंकको राजनीति गर्न नहुने पनि बताए ।

‘सरकारले कसैलाई घरबारविहीन बनाउने छैन । सरकारले घरबारविहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ। सरकारले कोही सुकुमवासीहरूलाई घरबारविहीन हुन दिने छैन, आवश्यक समन्वयको लागि सुझाव स्वागत योग्य छ,’ उनले थपे, ‘तर अनावश्यक राजनीतिकरण गर्नु हुँदैन। कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर ‘भोट बैंक’ को राजनीति गर्नु गलत हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?