+
+
Shares

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुने जानकारी गराए।
  • लामिछानेले गुरुङमाथि कस्तो छानबिन हुने भन्ने बारे पनि चाँडै जानकारी दिने बताए।
  • गुरुङ विवादित व्यवसायीसँग साझेदारी देखिएपछि गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए।

१६ वैशाख, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु भएको जानकारी गराएका छन् ।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कस्तो छानबिन हुने भन्नेबारे पनि चाँडै जानकारी गराउने बताए ।

‘मलाई लाग्छ छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ । कस्तो छानबिन हुन्छ भन्ने कुरा पनि जानकारी गराउँछौं,’ लामिछानेले भने, ‘उहाँले म माथि पनि छानिबन होस्, अरुलाई जस्तै मलाई पनि छानबिन गरियोस् भन्नुभएको छ । उहाँमाथि कुन प्रक्रियाबाट छानबिन हुने भन्ने कुरा चाँडै हुन्छ ।’

गुरुङ विवादित व्यवसायीसँग व्यवसायीक साझेदारी देखिएपछि गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?