+
+
Shares

बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने क्रममा बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा पनि भत्काइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते ११:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैशाख १८ गते काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा डोजर लगाएर भत्काइएको छ।
  • काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने क्रममा गुम्बामा पनि भत्काएको हो।
  • गुम्बामा डोजर चलाउनुअघि बुद्धमूर्ति र अन्य महत्वपूर्ण सामानहरु बाहिर निकालिएको थियो।

१८ वैशाख, काठमाडौं । बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा पनि डोजर लगाएर भत्काइएको छ ।

२०७८ साल कात्तिक १३ गते दर्ता भएको साङ्गे छोइलिङ्ग गुम्बा आज वैशाख १८ गते शुक्रबार वैशाख शुक्ल पूर्णिमाको दिन भत्काइएको हो ।

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने क्रममा गुम्बा पनि भत्काइएको हो ।

गुम्बामा काठमाडौं महानगरपालिकाले डोजर चलाउनुअघि त्यहाँ भएका बुद्धमूर्ति र अन्य महत्वपूर्ण सामानहरु बाहिर निकालिएको थियो ।

बल्खु, टेकु नजिक पर्ने वंशीघाट, बालाजु लगायतका स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर–टहरा भत्काउने क्रम आज बिहानैदेखि जारी छ ।

बालाजुस्थित ओग्यन जम्लिङ टेरमा गुम्बामा पनि डोजर चलाउने तयारी गरिएपछि बौद्ध धर्माम्बलम्वीहरुले आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?