News Summary
Generated by OK AI. Editorially reviewed.- डान्सर आश्मा विश्वकर्माले माइकल ज्याक्सनको गीत 'बिली जिन'मा कभर डान्स भिडियो सार्वजनिक गरेकी छन्।
- भिडियोले इन्स्टाग्राममा १२ लाख, फेसबुकमा ११ लाख र युट्युब सर्ट्समा ५० हजार भ्यूज पाएको छ।
- आश्माले माइकल ज्याक्सनका भतिजा जाफर ज्याक्सनलाई मेन्सन गर्दै भिडियो समर्पित गरेकी छन्।
काठमाडौं । डान्सर आश्मा विश्वकर्मा यतिबेला सामाजिक सञ्जालमा पुनः चर्चामा छिन् । उनले ल्याउने हरेक डान्स सोसल मिडियामा भाइरल हुन्छन् ।
यसपटक भने, ‘पपका राजा’ माइकल ज्याक्सनलाई समर्पित गर्दै उनले ल्याएको कभर डान्स भिडियो चर्चामा छ । ज्याक्सनको चर्चित गीत ‘बिली जिन’ माथि उनले कभर डान्स भिडियो बनाएकी हुन् ।
६ दिनअघि सार्वजनिक भिडियोले सोसल मिडियामा राम्रो भ्यूज पाइरहेको छ । भिडियोलाई इन्स्टाग्राममा १२ लाख, फेसबुकमा ११ लाख र युट्युब सर्ट्समा ५० हजार पटक हेरिएको छ ।
भिडियो सेयर गर्दै आश्माले इन्स्टाग्राम क्याप्सनमा लेखेकी छन्, ‘किङ अफ पप र लिजेन्ड्री माइकल ज्याक्सनप्रति समर्पित ।’ उनले यो भिडियो माइकलका भतिजा जाफर ज्याक्सनलाई समेत मेन्सन गरेकी छन् ।
जाफरले अहिले हलमा चलिरहेको माइकल ज्याक्सनको बायोपिक फिल्म ‘माइकल’ मा शीर्ष भूमिका निर्वाह गरेका छन् । दमदार अभिनय र नृत्यको कारण अहिले जाफरको प्रशंसा भैरहेको छ । आगामी अस्कर अवार्ड जित्न सक्ने समेत चर्चा छ ।
भिडियोमा आश्माले ज्याक्सनको आइकोनिक स्टाइल र सिग्नेचर मुभ्सलाई आफ्नै तरिकाले प्रस्तुत गरेकी छन् । उनको बडी मुभमेन्ट, एक्सप्रेसन र प्रस्तुतीकरणले दर्शकलाई आकर्षित गरिरहेको छ ।
यतिबेला माइकल ज्याक्सनको जीवनमा आधारित ‘माइकल’ नामक बायोपिक फिल्मले हलिउड बक्सअफिसमा नयाँ कीर्तिमान बनाइरहेको सन्दर्भमा आश्माको यो प्रस्तुति झनै सान्दर्भिक बनेको छ ।
यसअघि पनि आश्माले एक दक्षिण भारतीय फिल्म ‘पेड्डी’को गीत ‘चिक्री चिक्री’मा आधारित रहेर एक डान्सिङ भिडियो बनाएकी थिइन् । उक्त गीतमा कभर डान्स भिडियो बनाएपछि आश्माले व्यापक चर्चा बटुलेकी थिइन् ।
‘कार्टुन्ज क्रू’सँग आबद्ध आश्माले निरन्तर नयाँ-नयाँ कन्सेप्टमा डान्स भिडियो प्रस्तुत गर्दै आइरहेकी छन् । आश्मा हालै अनलाइनखबरले प्रदान गर्ने ५० प्रभावशाली महिलाको सूचीमा समावेश भएकी थिइन् ।
प्रतिक्रिया 4