News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी विश्वकप क्रिकेट लिग-२ मा यूएईलाई ६ रनले हराएको छ।
- दीपेन्द्रसिंह ऐरीले ९४ बलमा १०० रन बनाएर नेपाललाई जितमा महत्वपूर्ण योगदान दिएका छन्।
- नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो र यूएईले ३८ ओभरमा २४८ रन मात्र बनाउन सक्यो।
१८ वैशाख, काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग-२ घरेलु मैदानमा खेलिरहेको छ । आज नेपालले यूएईमाथि रोमाञ्चक जित हात पार्यो । यूएईमाथि नेपालले आज ६ रनको जित निकालेको हो । वर्षाका कारण डीएल मेथर्डअनुसार ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २४८ रन मात्र बनाउन सक्यो ।
यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ६५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । शाहदादले हर्पित सिंहसँग तेस्रो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । सिंहले ४१ रन बनाए । आर्यशं शर्मा ३३, अदीब उसमानी १४, मोहम्मद जुहैब १ र कप्तान मोहम्मद वासिम ० रनमा आउट भए । खैजइमा विन तन्विरले २६ बलमा ४९ रन बनाउँदा अक्षदीप नाथ ३२ बलमा २६ रनमा अविजित रहे ।
बलिङमा नेपालका सन्दीप लाछिमानेले ३, सोमपाल कामी र नन्दन यादवले दुई–दुई तथा नन्दन यादवले एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे ।
दीपेन्द्रले ९४ बलमा १०० रन बनाए । उनले १३ चौका र एक छक्का प्रहार गरे । करिब ४ वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गरेका विनोद भण्डारीले पहिलो खेलमै अर्धशतक बनाए । उनले ७९ बलमा ५६ रनको योगदान दिए ।
गुल्सन झा ४४, ओपनर अर्जुन कुमाल ११, कप्तान रोहित पौडेल ३९, भीम सार्की ०, आरिफ शेख ११ रनमा आउट भए । सोमपाल कार्मी ० रनमा अविजित रहे ।
बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले समान २ तथा हैदर अली र खैजइमा विन तन्विरले एक–एक विकेट लिए । अब नेपालले आफ्नो चौथो खेल मंगलबार ओमानसँग खेल्नेछ ।
तस्वीरमा हेरौँ नेपाल र यूएईबीचको खेल

प्रतिक्रिया 4