+
+
Shares

जबरजस्ती करणी आरोपमा झापामा एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते ८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको शिवसताक्षी नगरपालिकामा १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा २३ वर्षीय अमृतधन कुलुङ राई पक्राउ परेका छन्।
  • पीडित युवतीले २०८२ साल माघ २० गते दुधेमा पुरानो घरमा करणी भएको जाहेरी वैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा दिएकी थिइन्।
  • प्रहरी टोलीले वैशाख १६ गते राईलाई दुधे चोकबाट नियन्त्रणमा लिएको र जिल्ला अदालतले म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।

१९ वैशाख,विराटनगर । झापामा जवरजस्ती करणी आरोपमा एक युवक पक्राउ परेका छन् ।

शिवसताक्षी नगरपालिकामा १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा शिवसताक्षी नगरपालिका–९ बस्ने २३ वर्षीय अमृतधन कुलुङ राई पक्राउ परेका हुन् ।

२०८२ साल माघ २० गते दिउँसो शिवसताक्षी–९ दुधेस्थित आफ्नो  पुरानो घरमा लगि जबरजस्ती करणी गरेको भन्दै युवतीले वैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएकी थिइन् ।

पीडितको जाहेरी परेको दुई दिनपछि वैशाख १६ गते प्रहरी टोलीले राईलाई दुधे चोकबाट नियन्त्रणमा लिएको हो  ।

पक्राउ परेका राईलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?