+
+
Shares

इरानी नागरिकलाई आर्थिक सामना गर्न सर्वोच्च नेता मोजतबा खामेनेईको अपिल

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते ९:३७

१९ वैशाख, काठमाडौं । इरानका सर्वोच्च नेता मोजतबा खामेनेईले इरानी नागरिकलाई आर्थिक सामना गर्न अपिल गरेका छन् ।

उनले लिखित वक्तव्य जारी गर्दै इरानी जनतालाई आर्थिक सामना गर्न अपिल गरेका हुन् ।

वक्तव्यमा मोजतबाले भनेका छन्, ‘इरानले सैन्य टकरावमा विश्वलाई आफ्नो विशेष शक्ति देखाइसकेको छ । अब उसले आर्थिक र सांस्कृतिक मोर्चामा पनि शत्रुहरूलाई हराउनुपर्छ ।’

कामदारहरूको समर्थन गर्नुपर्ने स्थानीय उत्पादनहरूको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन् ।

मोजतबाले व्यवसायीहरूलाई अपिल गर्दै भनेका छन्, ‘व्यवसायहरूले कठिनाइमा भए पनि आफ्ना कर्मचारीहरूलाई जागिरबाट ननिकाल्नु होला ।’

सर्वोच्च नेता बनेपछि मोजतबा कहिल्यै क्यामेरासामु आएका छैनन् । उनले इरानलाई प्रत्यक्ष सम्बोधन सिन गरेका छैनन् ।

यद्यपि, विभिन्न अवसरहरूमा मोजतबाका लिखित वक्तव्यहरू भने जारी हुने गरेका छन् । ती वक्तव्यहरूलाई इरानी सरकारी सञ्चार माध्यमहरूमा प्रकाशन र प्रशारण हुने गरेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?