+
+
Shares

हुम्लामा भरूवा बन्दुकसहित वडा सदस्य पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको खार्पुनाथ गाउँपालिका–४ बाट वडा सदस्य मक्कबहादुर रोकायुलाई भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ परेका रोकायुलाई १ थान भरूवा बन्दुक, १२ थान फलामको रडको गोली, ७ थान ढुंगाको गोली र ११० ग्राम बारूदसहित पक्राउ गरिएको छ।
  • डीएसपी शंकर खडकाले स्टेन लल स्टिल लेखेको चुक्कु पनि लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको जानकारी दिनुभयो।

१९ वैशाख, हुम्ला । हुम्लाको खार्पुनाथ  गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना वडा सदस्य पक्राउ परेका छन् ।

६३ वर्षीय मक्कबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

रोकाया खार्पुनाथ गाउँपालिकाका सदस्य एवं वडा सदस्य हुन् ।

भरूवा बन्दुक १ थान, फलामको रडको गोली १२ थान, ढुंगाको गोली ७ थानसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

११० ग्राम बारूद शुद्व तौल ९० ग्राम रहेको स्टेन लल स्टिल नाम लेखेको चुक्कु १ थान लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको डीएसपी शंकर खडकाले बताए ।

उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?