+
+
Shares

डोल्पामा बिना अनुमति यार्सागुम्बा संकलन गर्न हिँडेका ८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १६:४८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पामा अनुमति बिना यार्सागुम्बा संकलन गर्न हिँडेका ८ जना पक्राउ परेका छन्।
  • शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको संयुक्त टोलीले ६ जनालाई कोनास यार्सा पाटनबाट पक्राउ गरेको छ।
  • डोल्पामा यार्सागुम्बा संकलनका लागि सर्वदलीय बैठक २२ वैशाखमा बोलाइएको छ र निकुञ्जले आधिकारिक अनुमति बिना पाटनमा नजान आग्रह गरेको छ।

२० वैशाख, डोल्पा। हिमाली जिल्ला डोल्पामा अनुमति बिना लुकीछिपी यार्सागुम्बा संकलन गर्न हिँडेका ८ जना पक्राउ परेका छन् ।

जिल्लाका विभिन्न यार्सा पाटनहरूमा यार्सागुम्बा संकलनका लागि जाँदै गरेका ६ जनालाई नियन्त्रणमा लिएको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार आइतबार बिहान जिल्लाको शे-फोक्सुण्डो गाउँपालिका स्थित कोनास यार्सा पाटनमा लुकीछिपी यार्सागुम्बा संकलन गर्न जाँदै गरेका जुम्लाको पातारासी गाउँपालिकाका ६ जनालाई नेपाली सेनाको संयुक्त सुरक्षा गस्ती टोलीले पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी विज्ञान सेनले जानकारी दिए ।

त्यस्तै गत ११ वैशाखमा जगदुल्ला गाउँपालिकास्थित फूलबारी यार्सा पाटनबाट तोइजुम स्थित निकुञ्ज र नेपाली सेनाको संयुक्त सुरक्षा पोष्टले जगदुल्ला गाउँपालिका ५ का दुई जनालाई पक्राउ गरिएको निकुञ्जले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरूलाई दुई दिन नियन्त्रणमा राखेर बयानका लगि हाजिरी जमानीमा छोडिएको निकुञ्जका सूचना अधिकारी सेनले बताए ।

यार्सागुम्बा संकलनको समय नजिकिँदै गर्दा डोल्पाका यार्सा पाटनहरूमा सुरक्षा बढाइएको छ ।

यो वर्ष यार्सागुम्बा संकलनका लागि जिल्लाका यार्सापाटनहरू कहिले खुलाउने भन्ने विषयमा सर्वदलीय, सर्वपक्षीय बैठक २२ वैशाखका लागि बोलाइएको छ ।

सोही बैठकले निर्धारण गरेको समयमा जिल्लाला यार्सा पाटनहरू संकलनका लागि खुला गरिने छ ।

निकुञ्जले यार्सा पाटनहरू आधिकारिक रूपमा नखुल्दै कोही कसैलाई चोरीका लागी पाटन तिर नजान आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?