+
+
Shares

कुनै नागरिकलाई घरबारविहीन बन्न दिँदैनौं : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले सरकारी जग्गामा बनेका अनधिकृत संरचना हटाउँदा कुनै नागरिकलाई घरबारविहीन नबनाइने बताएका छन्।
  • लामिछानेले असुरक्षित बसोबासलाई तत्काल सम्बोधन गर्ने निर्णय भएको र देशभर सूचना जारी गरिएको उल्लेख गर्नुभयो।
  • उहाँले केन्द्र सरकारले जनतालाई आतंकित पार्ने काम नगरेको दाबी गर्नुभयो र भूमिहीन सुकुमवासीलाइ स्थानान्तरण गरिने जानकारी दिनुभयो।

२० वैशाख, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सरकारी जग्गामा बनेका अनधिकृत संरचना हटाउने क्रममा कुनै पनि नागरिकलाई घरबारविहीन बन्न नदिने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिने क्रममा सभापति लामिछानेले जनतालाई आतंकित पार्ने काम केन्द्र सरकारबाट नभएको समेत दाबी गरे ।

‘अव्यवस्थित बसोबास, भूमिहीन सुकुमवासीको हकमा शक्तिशाली प्राधिकरण या आयोग बनेर त्यसले गरेको निर्णय कार्यान्वयन हुन्छ,’ लामिछानेले भने, ‘तर, खतरापूर्ण ठाउँमा, नदी किनारमा, पहिरो आउने, बाढीले बगाउने ठाउँमा बसेका नागरिकहरूलाई जतिसक्दो चाँडो स्थानान्तरण गर्नुपर्ने हुन्छ । त्यसो हुँदा उहाँहरूलाई घरबारविहीन बनाइने छैन । यो रास्वपाको, यो सरकारको निर्णय हो ।’

उनले असुरक्षित भएका बसोबासलाई तत्काल सम्बोधन भएको भन्दै काठमाडौंको जस्तै देशैभर सूचना जारी भएको बताए ।

‘असुरक्षित बसोबासलाई तत्काल सम्बोधन गरेको हो । काठमाडौंको हकमा सुरुदेखि नै सूचना गएका छन् । देशैभरका भूमिहीन सुकुमवासीलाई पनि यही  सन्देश जारी गर्न चाहन्छु । जुन तरिकाले आतंकित पार्ने काम भएको छ, केन्द्र सरकारले गरेको निर्णय पनि यही हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?