+
+
Shares

स्थानीय तहले रास्वपाको काँधमा बन्दुक हान्यो, आपत्ति छ : लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले देशभरका स्थानीय तहहरूले आफ्नो पार्टीको काँधमा बन्दुक हान्ने काम गरेको भन्दै आपत्ति जनाए।
  • उहाँले अव्यवस्थित व्यवसायीलाई स्थानीय तहले आफ्नो पार्टीको नाम बदनाम हुनेगरी ब्रिफिङ गरेको जिकिर गरे।
  • लामिछानेले अव्यवस्थित मात्रै नभइ असुरक्षित बसोबासीको हकमा सरकारले बस्ती हटाउने कदम चालेको उल्लेख गरे।

२० वैशाख, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले देशभरका स्थानीय तहहरूले आफ्नो पार्टीको काँधमा बन्दुक हान्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अव्यवस्थित व्यवसायीलाई स्थानीय तहले आफ्नो पार्टीको नाम बदनाम हुनेगरी ब्रिफिङ गरेको जिकिर गरे ।

‘देशभरिका विभिन्न स्थानीय निकायहरूले रास्वपाको काँधमा बन्दुक हानेर अव्यवस्थित व्यवसायीलाई देख्यौ तिमीहरूको काम गरिरहनुभएको छ, त्यसमा हाम्रो गम्भीर आपत्ति छ,’ लामिछानेले भने ।

साथै, उनले अव्यवस्थित मात्रै नभइ असुरक्षित बसोबासीको हकमा सरकारले बस्ती हटाउने कदम चालेको जिकिर गरे ।

‘अव्यवस्थित मात्रै होइन, असुरक्षित बसोबासीको हकमा सरकारले यो कदम चालेको हो,’ लामिछानेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?