+
+
Shares

सुकुमवासीको उचित व्यवस्थापनविना डोजर चल्दैन : गढवा गाउँपालिका अध्यक्ष पोख्रेल

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १३:३६
सुकुमवासी, भूमिहीन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाब अभियानको ज्ञापनपत्र बुझ्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेल (वायाँ) । फोटो : आलोक भावुक

२१ वैशाख, दाङ । देशभर सुकुमवासी बस्ती हटाउने अभियान चलिरहेका बेला दाङको गढवा गाउँपालिकाले भूमिहीन सुकुमवासीको उचित व्यवस्थापन विना बस्तीमा डोजर चलाउन नदिने नीति अख्तियार गरेको छ ।

गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूको व्यवस्थापन पहिलो सर्त रहेको स्पष्ट पारेका हुन् ।

‘सुकुमवासी, भूमिहीन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाब अभियान गढवा–१’ को ज्ञापनपत्र बुझ्दै अध्यक्ष पोख्रेलले भने, ‘उचित व्यवस्थापन विना नागरिकलाई उठिबास हुने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता जनाए ।

अभियानको ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष पोख्रेलले भने, ‘सरकारलाई आवश्यक पर्ने जमिन स्थानीय तहले खाली गराउने भए पनि त्यसअघि भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूको व्यवस्थापन गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट नीति छ ।’

अध्यक्ष पोख्रेलले गढवा गाउँपालिकाले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीलाई लालपूर्जा वितरण प्रक्रिया निरन्तर अगाडि बढाएको जानकारी पनि गराए । हालसम्म ९ जनालाई लालपूर्जा वितरण गरिसकिएको भन्दै उनले आगामी दिनमा थप लालपूर्जा वितरण कार्यलाई तीव्रता दिइने बताए । त्यसको सहजीकरण गरिदिन उनले संघ सरकारलाई अनुरोध पनि गरे ।

अभियानका संयोजक चित्र बहादुर महतरा नेतृत्वको टोलीले सोमबार गढवा गाउँपालिका कार्यालय पुगेर अध्यक्ष पोख्रेललाई ज्ञापनपत्र बुझाएको छ । समितिले भूमिहीन नागरिकहरूको समस्या समाधानका लागि तत्काल पहल गर्न माग गरेको छ ।

अभियानका पदाधिकारीहरूले दीर्घकालीन समाधानका लागि स्पष्ट नीति, भूमि व्यवस्थापन तथा सुरक्षित बसोबासको सुनिश्चिततामा जोड दिए । यस अभियानलाई व्यवस्थित रूपमा अगाडि बढाउन २५ सदस्यीय समिति समेत गठन गरिएको संयोजक महतराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?