+
+
Shares

दीपक भट्टलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

थुनामा रहेका व्यवसायी दीपक भट्टलाई लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले थुनामा रहेका व्यवसायी दीपक भट्टलाई लिखित जवाफसहित उपस्थित गराउन आदेश दिएको छ।
  • भट्टलाई थुनामुक्त गर्न उनकी पत्नी आयुस्मा नेपालले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
  • अकुत सम्पत्ति आर्जनको आरोपमा भट्टलाई चैत १९ गते पक्राउ गरी अनुसन्धान विभागले उनको सम्पत्तिमाथि छानबिन सुरु गरेको छ।

२१ वैशाख, काठमाडौं । थुनामा रहेका व्यवसायी दीपक भट्टलाई लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश भएको छ ।

सोमबार सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले सुनुवाइ सकिएपछि काठमाडौं जिल्ला अदालत, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीका नाममा यस्तो आदेश गरेको हो ।

भट्टलाई थुनामुक्त गर्न माग गर्दै उनकी पत्नी आयुस्मा नेपालले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । सर्वोच्चले बन्दीसँगै पक्राउको कारणसहित लिखित जवाफ पेस गर्न समेत आदेश गरेको छ ।

अकुत सम्पत्ति आर्जनको आरोपमा व्यवसायी भट्टलाई गत चैत १९ गते काठमाडौंको नक्सालबाट पक्राउ गरिएको थियो । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट थुना म्यादको अनुमति लिएर भट्टलाई सीआईबीको प्रहरी हिरासतमा राखिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ । उनको राहदानी समेत कालोसूचीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?