News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल एथ्लेटिक्स संघले राष्ट्रिय खेलकुद परिषदमा २०८३ असार ३१ गतेसम्मको लागि नवीकरण गरेको जनाएको छ।
- राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएको नविकरण नभएको सूचीमा एथ्लेटिक्स संघको नाम समावेश छ।
- एथ्लेटिक्स संघका सचिव आरके विष्टले संघ नवीकरण भएको दावी गरेका छन्।
२१ वैशाख, काठमाडौं । नेपाल एथ्लेटिक्स संघले राष्टिय खेलकुद परिषद (राखेप)मा नवीकरण गरेको जनाएको छ ।
सोमबार अनलाइनखबरमा ‘नवीकरण नभई चलेको तीन दर्जन खेल संघ’ भन्ने शीर्षकको समाचारमा एथलेटिक्स संघको नाम पनि समावेश थियो ।
राखेपले उपलब्ध गराएको नवीकरण नभएको सूचीमा एथ्लेटिक्स संघको नाम पनि समावेश छ । तर, एथ्लेटिक्स संघका सचिव आरके विष्टले संघ नवीकरण भएको दाबी गरे ।
उनले पठाएको विवरणमा २०८३ असार ३१ गतेसम्मका लागि संघ नवीकरण गरेको देखिएको छ ।

प्रतिक्रिया 4