+
+
Shares

मुस्ताङमा १५ दिने मूर्तिकला कार्यशाला

ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा घरपझोङ गाउँपालिका र एकीकृत सेवा कार्यालय मुस्ताङको संयुक्त आयोजनामा भएको कार्यशालामा २१ भन्दा बढी मूर्तिकार सहभागी भएका थिए । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदी किनारमा वैशाख ७ गतेदेखि सुरु भएको पन्ध्रदिने मूर्तिकला कार्यशाला सम्पन्न भएको छ।
  • कार्यशालामा २१ भन्दा बढी मूर्तिकारले चार पुस्ताका हस्तान्तरण गर्दै दुई दर्जनभन्दा बढी मूर्ति सिर्जना गरेका थिए।
  • अङ्ग्रज मूर्तिकार लक्ष्मण भुजेलले यो कार्यशाला विश्वकै अग्लो उचाइमा आयोजना भएको दाबी गर्नुभयो।

२१ वैशाख, मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही वैशाख ७ गतेदेखि सुरु भएको पन्ध्रदिने मूर्तिकला कार्यशाला सम्पन्न भएको छ ।

ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा घरपझोङ गाउँपालिका र एकीकृत सेवा कार्यालय मुस्ताङको संयुक्त आयोजनामा भएको कार्यशालामा २१ भन्दा बढी मूर्तिकार सहभागी भएका थिए ।

कार्यशालामा चार पुस्ताका मूर्तिकारले यहाँका ढुङ्गामा दुई दर्जनभन्दा बढी मूर्ति सिर्जना गर्दै अन्तरपुस्ता सीप हस्तान्तरणको अभ्यास गरेका थिए । मूर्तिकला र आर्टस् पेन्टिङमा विगत २५ वर्षदेखि कार्यरत

अङ्ग्रज मूर्तिकार हेटौँडाका लक्ष्मण भुजेलले यहाँ चलेको कार्यशाला विश्वकै अग्लो उचाइमा आयोजना भएको दाबी गरे । यहाँको उचाइ समुन्द्री सतहदेखि करिब दुई हजार ७०० मिटर रहेको छ ।

विश्वका आधा दर्जनभन्दा बढी देशमा भएका यसप्रकारका कार्यशालामा सहभागी भुजेलले मूर्तिकला संस्कृतिले ऐतिहासिक, धार्मिक र सांस्कृतिक विषय वस्तुलाई पछिल्ला पुस्तासम्म जीवन्त तुल्याउने बताए ।

त्रिभुवन विश्व विद्यालयमा सेन्टर डिपाटमेन्ट अफ फाइन आर्टस विषयमा अध्ययनरत रामेछापकी मूर्तिकार करुणा श्रेष्ठले यहाँको प्रतिकूल मौसमसँग घुलमिल भएर काम गर्ने अवसर पाउँदा पृथक अनुभव सङ्गाल्न पाएको उल्लेख गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?