+
+
Shares

‘लालीबजार’ को मुद्दामा आज सुनुवाइ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १०:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘लालीबजार’ प्रदर्शनविरुद्ध दायर रिटमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ।
  • अदालतले १५ वैशाखमा तत्कालको लागि प्रदर्शन रोक्न आदेश दिएको थियो।
  • रोशनी नेपालीले फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन्।

काठमाडौं । फिल्म ‘लालीबजार’ प्रदर्शनविरुद्ध दायर रिटमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्धय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

अदालतले १५ वैशाखमा तत्कालको लागि प्रदर्शन रोक्न आदेश दिएको थियो । अदालतले वादी र प्रतिवादी दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।

रोशनी नेपाली वादीले फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन् । आजको मुद्दामा संचार तथा सूचना प्रविधि मन्त्रालय समेतलाई विपक्षी बनाइएको छ ।

१८ वैशाखदेखि रिलिज तयारीमा रहेको यम थापा निर्देशित फिल्म अदालतको आदेशले रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?