News Summary
Generated by OK AI. Editorially reviewed.- फिनिस कम्पनी ह्याक जक्सन र फिनल्यान्ड एम्बेसीको सहकार्यमा काठमाडौंको एआईटीएम कलेजमा २९ देखि ३१ मेसम्म 'जक्सन एक्स काठमाडौं : फिनोफेस्ट' आयोजना हुने भएको छ।
- कार्यक्रममा ह्याकाथन, शैक्षिक नेटवर्किङ, प्यानल छलफल, मेन्टरिङ र सूचना प्रविधि सम्बन्धी प्रदर्शनीहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।
- ह्याकाथन विजेता टोलीले अक्टोबरमा हेल्सिन्कीमा हुने ग्लोबल ह्याकथनमा २० भन्दा बढी राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्नेछ र यात्रा खर्च आयोजकले व्यहोर्नेछ।
काठमाडौं । सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सक्रिय रहेका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यका साथ ‘जक्सन एक्स काठमाडौं : फिनोफेस्ट’ आयोजना हुने भएको छ ।
फिनिस कम्पनी ह्याक जक्सन र काठमाडौंस्थित फिनल्यान्ड एम्बेसीको सहकार्यमा ललितपुरको खुमलटारस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट (एआईटीएम) कलेजमा आगामी २९ मेदेखि ३१ मेसम्म कार्यक्रम आयोजना हुन लागेको हो ।
सम्स् नेपाल र फिनल्यान्डको कग्निटको संयुक्त साझेदारीमा आयोजना हुन लागेको कार्यक्रम तीन दिनसम्म चल्ने छ ।
कार्यक्रममा ह्याकाथनका साथसाथ फिनोफेस्ट; फिन्ल्यान्ड र नेपालबीचको शैक्षिक, प्राविधिक र सृजनशील कार्यशीलतालाई एकआपसमा जोड्दै शिक्षित र दक्ष प्रतिभाको उचित मूल्यांकनको अवसर परस्पर गराउनका लागि शैक्षिक नेटवर्किङ, प्यानल छलफल, मेन्टरिङ र सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कार्यक्रम, विभिन्न किसिमका शैक्षिक प्रदर्शनीहरू सञ्चालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा ‘हाई–टेक’, ‘हाइड्रोपावर एन्ड सस्टेनेबल इनर्जी’ र ‘हस्पिटालिटी एन्ड हेरिटेज’ गरी तीनओटा थिम तय गरिएका छन् ।
नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल प्रविधि र साक्षरता स्तरोन्नतिका लागि फिन्ल्यान्डमा रहेका एकेडेमिया, औद्योगिक र प्राविधिक क्षेत्रहरूसँग सहकार्य र समन्वय गर्दै यसका निम्ति आवश्यक रहेका पूर्वाधारहरूको निर्माण कसरी गर्न सकिन्छ र यसको दिगोपनाका लागि उचित प्रक्रिया र दीर्घकालीन व्यवस्थाहरू के-कस्ता हुनेछन् भन्ने विषय कार्यक्रममा केन्द्रित रहने बताइएको छ ।
ह्याकाथन विजेता टोलीले अक्टोबरमा हेल्सिन्की, फिन्ल्यान्डमा हुने ग्लोबल ह्याकथनमा २० भन्दा बढी राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्नेछ । यसका लागि लाग्ने यात्रा खर्च (आउने जाने, भिसाबाहेक) आवास तथा खानपानको व्यवस्था आयोजकले नै गर्नेछ ।
कार्यक्रमका विभिन्न सत्रहरूमा सहभागी हुन चाहनेहरूका लागि मे महिनाको पहिलो सातादेखि नै अनलाइन बुकिङ खुला गरिने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा नेपाल र फिनल्यान्डका विभिन्न कम्पनीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रदर्शन गर्नेछन् जसका लागि निजी स्टल र बुथहरू राख्न सकिने प्रावधान छ ।
प्रतिक्रिया 4