अर्थमन्त्री डा. स्वर्णिम वाग्ले । फाइल फोटो
२३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग पूर्वबजेट छलफल गर्दैछन् । छलफल अपराह्न चार बजे संसदीय दलको कार्यालय सिंहदरबारमा राखिएको छ ।
छलफलमा नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताबारे छलफल हुनेछ । साथै सांसदहरुले आआफ्ना क्षेत्रमा आवश्यक बजेट र कार्यक्रमबारे मन्त्रीहरुलाई जानकारी गराउने तयारी छ ।
सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउँदैछ । त्यसअघि मन्त्री र सांसदबीच छलफल कार्यक्रम राखिएको हो ।
यो छलफलले जनताका आवश्यकता अनुसारका योजना नीति तथा कार्यक्रम र बजेटमा समेट्न सहयोग पुग्ने रास्वपाको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4