News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसीले अध्यावधि गरेको ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा कुनै नेपाली ब्याटर अटाएका छैनन्।
- अलराउन्डर दीपेन्द्रसिंह ऐरी ३१औं र बलर सन्दीप लामिछाने ४३औं स्थानमा छन्।
- नेपाली ब्याटरहरूले कन्सिस्टेन्ट प्रदर्शन गर्न नसक्दा शीर्ष १०० मा परेका छैनन्।
२३ वैशाख, काठमाडौं । आईसीसीले अध्यावधि गरेको ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा नेपाली ब्याटरहरू अटाएका छैनन् ।
बलिङ र अलराउन्डर वरियतामा खेलाडीहरू राम्रै वरियतामा भएपनि ब्याटिङको शीर्ष १०० मा कुनै पनि ब्याटरहरू अटाउन सकेनन् ।
नेपाली ब्याटरहरूले कन्सिस्टेन्ट प्रदर्शन गर्न नसक्दा कोही पनि शीर्ष १०० मा परेका छैनन् । घरेलु मैदानमा भएको लिग २ शृंखलामा अलराउन्डर दीपेन्द्रसिंह ऐरीबाहेक अन्यबाट समान किसिमको प्रदर्शन देख्न सकिएन ।
ओपनर आसिफ शेख एक खेलमा ड्रप भएपछि मंगलबार ९४ रनको पारी खेले । त्यसअघि उनी ७ र १९ को स्कोरमा आउट भएपछि तेस्रो खेलमा बाहिर राखिएका थिए । अर्का ओपनर कुशल भुर्तेल पहिलो खेलमा १ अनि दोस्रो खेलमा शून्यमै आउट भएपछि तेस्रो र चौथो खेलमा मौका पाएनन् ।
भीम सार्कीले १०, २८, ० को स्कोर बनाएपछि चौथो खेलमा ड्रप भए भने रोहित पौडेल २, १०, ३९ र ९ को स्कोर बनाएका छन् ।
ओपनिङ विकल्पका रूपमा ल्याइएका अर्जुन कुमालले पहिलो खेलमा ११ तथा दोस्रो खेलमा ४८ रन बनाए । विनोद भण्डारीले यूएईसँगको खेलमा अर्धशतक बनाउँदा ओमानसँग भने खाता खोल्न सकेनन् ।
दीपेन्द्रले यूएईसँगको पहिलो खेलमा ७५ रन बनाएका थिए भने ओमानसँगको खेलमा ६० रन बनाए । यूएईसँगको दोस्रो खेलमा शतक बनाए । त्यस्तै ओमानसँगको दोस्रो खेलमा ३३ रन बनाए । उनको प्रदर्शन भने अलराउन्डरतिर धेरे काउन्ट हुन्छ ।
ब्याटिङ वरियता सुधार गर्नका लागि ब्याटिङमा कन्सिसटेन्सी देखाउनुपर्ने हुन्छ, जुन् नेपाली ब्याटरबाट हुन सकेको छैन ।
अलराउन्डर वरियतामा दीपेन्द्र ३१औं स्थानमा छन् भने बलिङ वरियतामा सन्दीप लामिछाने ४३औं स्थानमा छन् ।
प्रतिक्रिया 4