+
+
Shares

‘मालती मंगले’ को प्रिमियरमा पुगे रवि लामिछाने

लामिछानेले अहिले फिल्म हेरिरहेका छन् । रवि र रामकृष्ण पुराना मिल्ने साथी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १९:२४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फिल्म ‘मालती मंगले’को प्रिमियर समारोहमा सहभागी भएका छन्।
  • गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ।
  • रवि लामिछानेले जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट बाहिरिने बेला रामकृष्णले पठाएको गाडी चढेको बताएका थिए।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फिल्म ‘मालती मंगले’को प्रिमियर समारोहमा सहभागी भएका छन् । गायक रामकृष्ण ढकालले निर्माण गरेको यो फिल्मको प्रिमियर लबिम हलमा भैरहेको छ ।

लामिछानेले अहिले फिल्म हेरिरहेका छन् । रवि र रामकृष्ण पुराना मिल्ने साथी हुन् ।

धेरैपछि रवि फिल्मको प्रिमियर समारोहमा सहभागी भएका हुन् । ढकालले निर्माण गरेको यो फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ ।

रवि र रामकृष्णबीचको सम्बन्धको एक किस्सा अहिले चर्चामा छ । जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट बाहिरिने क्रममा रविले आफूले रामकृष्णले पठाएको गाडी चढेको बताएका थिए ।

उक्त कुरालाई लिएर अहिले रामकृष्ण सामाजिक संजालमा पनि घेरिएका छन् । उनै रामकृष्णले निर्माण गरेको फिल्म शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?