+
+
Shares

सुकुमवासी बस्तीबाट विस्थापित ४१ विद्यार्थीलाई जनविकासमा पढ्ने व्यवस्था

विस्थापित सुकुमवासी राखिएको कीर्तिपुर होल्डिङ सेन्टरका विद्यार्थीलाई त्यहीँको जनविकास माध्यमिक विद्यालयमा पठनपाठनको वातावरण मिलाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १७:४७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएका ४१ सुकुमवासी विद्यार्थीलाई बल्खुस्थित जनविकास माध्यमिक विद्यालयमा पढाउने वातावरण मिलाइएको छ।
  • काठमाडौं महानगरले विद्यार्थीको स्कुल ड्रेसको नाप लिइसकेको र हालसम्म ३५ जनाको नाप लिइसकेको जनाएको छ।
  • कीर्तिपुर होल्डिङ सेन्टरमा हाल १९२ जना छन्, जसमा ७७ पुरुष, ५० महिला, ३४ बालक र ३१ बालिका रहेका छन्।

२४ वैशाख, काठमाडौं । विस्थापित सुकुमवासी राखिएको कीर्तिपुर होल्डिङ सेन्टरका विद्यार्थीलाई त्यहीँको जनविकास माध्यमिक विद्यालयमा पठनपाठनको वातावरण मिलाइएको छ ।

अहिले राधास्वामी सत्संगमा राखिएका ४१ विद्यार्थीलाई त्यहाँ पढाउने वातावरण मिलाइएको हो ।

काठमाडौंको बल्खुमा रहेको उक्त विद्यालयमा सुकुमवासी विद्यार्थीलाई पठनपाठनको वातावरण मिलाउन थालिएको काठमाडौं महानगरले जनाएको छ ।

होल्डिङ सेन्टरमा खटिएका महानगर प्रहरीका अनुसार हालसम्म ४१ जना विद्यार्थीको नाम पठनपाठनको लागि संकलन गरिएको छ ।

विद्यार्थीको स्कुल ड्रेसको नापसमेत पनि लिन थालिएको छ । अहिलेसम्म ३५ जना विद्यार्थीको ड्रेसको नाप लिइसकिएको छ ।

पठनपाठनबाट विद्यार्थी बञ्चित नहुन् भनेर तत्कालको लागि यो व्यवस्था गरिएको महानगरले जनाएको छ ।

उक्त होल्डिङ सेन्टरमा १९२ जना छन्, जसमा ७७ पुरुष, ५० महिला, ३४ बालक र ३१ बालिका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?