+
+
Shares

सुनसरीबाट लागुऔषधसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १३:२६
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–१९ ब्रम्हपुरबाट ३८ वर्षीय चक्रबहादुर जिमीलाई २४ ग्राम ४४ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
  • इलाका प्रहरी कार्यालय इटहरी र गैसार सामुदायिक प्रहरी बिटको टोलीले लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा पक्राउ गरेको हो।
  • जिमीको साथबाट मोटरसाइकल, १९ हजार ९८० रुपैयाँ नगद र एकथान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

२५ वैशाख, सुनसरी । प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–१९ स्थित ब्रम्हपुरबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी र गैसार सामुदायिक प्रहरी बिटबाट खटिएको टोलीले ब्रम्हपुरबाट ३८ वर्षीय चक्रबहादुर जिमीलाई शुक्रबार पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले २४ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

जिमीको साथबाट को ३९ पा ३१२३ नम्बरको मोटरसाइकल, १९ हजार ९८० रुपैयाँ नगद र एकथान मोबाइल पनि बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?