+
+
Shares

धनुषामा जिपको ठक्करबाट एक जनाको मृत्यु  

शुक्रबार ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ०१-०३१ च ९०६३ नम्बरको जिपले स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।    

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ सपहीचोकमा जिपले ठक्कर दिँदा स्कुटर चालक ३० वर्षीया पुनम साहको मृत्यु भएको छ।
  • जिप चालक विराटनगरका ५२ वर्षीय नरेश राठीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२५ वैशाख, धनुषा । ढल्केबर-जनकपुर खडकअन्तर्गत धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ सपहीचोकमा जिपको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको छ ।

शुक्रबार ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ०१-०३१ च ९०६३ नम्बरको जिपले स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्थानीय ३० वर्षीया पुनम साह गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएकामा चिकित्सकले बाटोमै मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक यादवका अनुसार प्रहरीले जिप चालक विराटनगर महानगरपालिका-७ निवासी ५२ वर्षीय नरेश राठीलाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?