+
+
Shares

लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्छौं : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते १८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रभित्र गरिने सुधारमा पार्टीको पूर्ण समर्थन रहने बताएका छन्।
  • सभापति थापाले लोकतन्त्रको स्थानमा लहडतन्त्र र भयतन्त्र स्थापना गर्ने प्रयासको पार्टीले दृढ प्रतिरोध गर्ने बताए।
  • उनले २१ फागुनको निर्वाचनमा उम्मेदवारलाई असहयोग गर्ने नेताहरूलाई केही समयका लागि जिम्मेवारीमुक्त गरिने उल्लेख गरे।

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रभित्र गरिने सुधारमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताएका छन् ।

कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

साथै, लोकतन्त्रको स्थानमा लहडतन्त्र र भयतन्त्र स्थापना गर्ने कुनै पनि प्रयासको प्रतिरोध आफ्नो पार्टीले गर्ने पनि उनले बताए ।

‘लोकतन्त्रभित्र गरिने सुधारमा हाम्रो पूर्ण सहयोग रहन्छ, तर लोकतन्त्रको स्थानमा लहडतन्त्र र भयतन्त्र स्थापना गर्ने कुनै पनि प्रयासको हामी दृढ प्रतिरोध गर्छौं,’ सभापति थापाले भने ।

सभापति थापाले पार्टीको जिम्मेवारीमा बसेर २१ फागुनको निर्वाचनमा उम्मेदवारलाई असहयोग गरेको नेताहरूलाई केही समयका लागि जिम्मेवारीमुक्त गरिने पनि बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?