+

गोपाल श्रेष्ठ एसियन भारोत्तोलन च्याम्पियनसिपमा आईटीयोको भुमिकामा

२०८३ वैशाख  २६ गते १४:५० २०८३ वैशाख २६ गते १४:५०
गोपाल श्रेष्ठ एसियन भारोत्तोलन च्याम्पियनसिपमा आईटीयोको भुमिकामा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोपाल श्रेष्ठले २०२६ एडब्ल्यूएफ एसियन सिनियर भारोत्तोलन प्रतियोगितामा अन्तर्राष्ट्रिय टेक्निकल अफिसियलको भूमिका निर्वाह गर्ने भएका छन्।
  • प्रतियोगिता भारतको गुजरातस्थित गान्धीनगरमा मे ९ देखि १७ तारिखसम्म हुनेछ र २८ राष्ट्रका १७२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
  • नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरूले श्रेष्ठलाई शुभकामना दिए र नेपाल भारोत्तोलन संघको प्रशंसा गरे।

२६ वैशाख, काठमाडौं । नेपालका गोपाल श्रेष्ठले २०२६ एडब्ल्यूएफ एसियन सिनियर भारोत्तोलन प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।

श्रेष्ठले सो प्रतियोगितामा अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल (आइटीओ)को भूमिका निर्वाह गर्ने छन् । एडब्ल्यूएफ एसियन सिनियर भारोत्तोलन प्रतियोगिता भारतको गुजरातस्थित गान्धीनगरमा मे ९ दखि १७ तारिखसम्म हुुनेछ ।

प्रतियोगितामा एसियाका २८ राष्ट्रका १७२ खेलाडीले प्रतिस्पर्धा गर्ने एसियन भारोत्तोलन महासंघले जनाएको छ ।

सातदोबाटोस्थित एनओसी कार्यनलयमा नेपाल ओलम्पिक कमिटी (एनओसी)का कार्यवाहक अध्यक्ष अशोक वज्राचार्य, उपाध्यक्ष ज्योति राणा र महासचिव राजीव श्रेष्ठले श्रेष्ठलाई शुक्रबार आयोजित एक कार्यक्रममा श्रेष्ठलाई शुभकामनासहित बिदाइ गरे ।

बिदाइ कार्यक्रममा एनओसीका कार्यवाहक अध्यक्ष बज्राचार्यले नेपालको भारोत्तोलनलाई निरन्तर अन्तर्राष्ट्रिय एक्सपोजर दिइरहेकोमा नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)को प्रशंसा गरे ।

यसैगरी महासचिव श्रेष्ठले अन्तर्राष्ट्रिय भारोत्तोलन प्रतियोगिता र निर्णायकजस्ता प्राविधिक पक्षमा बढ्दो सहभागिताले नेपाली खेलकुदलाई अझ उचाइमा पुर्‍याउने बताए ।

बिदाइ कार्यक्रममा नेपाल भारोत्तोलन संघका सचिव कुमारमान श्रेष्ठ र केन्द्रीय सदस्य तथा ओलम्पियन राजेन्द्रबहादुर प्रधानको पनि उपस्थिति रहेको थियो ।

एसियन भारोत्तोलन च्याम्पियनसिप गोपाल श्रेष्ठ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय