+
+
Shares

सञ्जालमा नियन्त्रण गरेर समाजलाई सेल्फ–सेन्सरसिपतर्फ धकेलिँदै छ : ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते १८:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले संविधान संशोधनले गणतन्त्र र लोकतन्त्रका आधारभूत स्तम्भहरू कमजोर पार्न नहुने बताए।
  • ज्ञवालीले वर्तमान राजनीतिक शक्ति सन्तुलन लोकतान्त्रिक र वामपन्थी शक्तिहरूको प्रतिकूल रहेको र संशोधन प्रक्रियामा सावधानी अपनाउनुपर्ने उल्लेख गरे।
  • उहाँले स्वतन्त्र सञ्चारमाध्यम निस्तेज पार्न खोजिएको र मुलुक निर्वाचित अधिनायकवादतर्फ उन्मुख हुन लागेको आशंका व्यक्त गरे।

२६ वैशाख, काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले संविधान संशोधनको नाममा गणतन्त्र र लोकतन्त्रका आधारभूत स्तम्भहरूलाई कमजोर पार्न नहुने बताएका छन् ।

राष्ट्रिय जनमोर्चाद्वारा आयोजित ‘संविधान संशोधन, गणतन्त्र र राष्ट्रियताको रक्षा’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान राजनीतिक शक्ति सन्तुलन लोकतान्त्रिक र वामपन्थी शक्तिहरूको प्रतिकूल रहेको भन्दै संशोधन प्रक्रियामा सावधानी अपनाउनुपर्नेमा जोड दिए ।

नेता ज्ञवालीले प्रतिनिधि सभाको वर्तमान अंकगणितले संविधान निर्माण गर्ने मुख्य दलहरूको सामर्थ्य कमजोर भएको उल्लेख गरे ।

‘संविधान निर्माण गर्ने मुख्य तीन दलको प्रतिनिधि सभामा उपस्थित संख्या जम्मा ७९ छ । यस्तो अवस्थामा प्रतिकूल संविधान संशोधनलाई रोक्न सक्ने सामर्थ्य पनि खस्किएको छ । स्वतन्त्र सञ्चारमाध्यमलाई निस्तेज पार्न खोजिएको छ भने सामाजिक सञ्जालमा नियन्त्रण गरेर समाजलाई सेल्फ–सेन्सरसिपतर्फ धकेलिँदै छ,’ उनले भने ।

सरकारको पछिल्लो कार्यशैलीप्रति टिप्पणी गर्दै ज्ञवालीले मुलुक निर्वाचित अधिनायकवादतर्फ उन्मुख हुन लागेको आशंका व्यक्त गरे ।

उनले मौलिक हक, ट्रेड युनियन अधिकार र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भइरहेको आरोप पनि लगाए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको बहसका सन्दर्भमा ज्ञवालीले नेपाल जस्तो भूराजनीतिक अवस्थिति भएको मुलुकमा यो व्यवस्था हानिकारक हुने दाबी गरे ।

‘मैले कतै सुन्दै थिएँ, प्रधानमन्त्रीज्यूले हिटलरको ‘म्यानेजरियल स्किल’ सिक्ने र समाजलाई एउटै सोचमा ढाल्ने इच्छा व्यक्त गर्नुभएको छ । बहुलवादी र विविधतायुक्त समाजमा यस्तो सोच राख्नु आपत्तिजनक छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?