News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले आफूहरू जीवनी लेख्ने नभइ इतिहास लेख्ने यात्रामा रहेको जिकिर गरेका छन्।
- लामिछानेले नेताको रुपमा सरकारको तह वा पद ठूलो कुरा नभई मुलुकलाई कस्तो नेतृत्व दिइरहेको छ भन्ने महत्वपूर्ण भने।
- उनले पार्टीका सांसदहरूलाई सधैं सिक्ने र सिकाउने प्रक्रिया जीवनको अभिन्न अंग भएको बताए।
२७ वैशाख, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूहरू जीवनी लेख्ने नभइ इतिहास लेख्ने यात्रामा रहेको जिकिर गरेका छन् ।
पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षणको समापन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘मैले राजनीतिलाई धेरै ठूलो सपनाको रुपमा अघि सारेको थिएँ । नेताको रुपमा एउटा मान्छे सरकारको कुन तहमा पुग्छ भन्ने ठूलो कुरा होइन,’ सभापति लामिछानेले भने, ‘सरकारमा मन्त्रीका रुपमा रहला प्रधानमन्त्रीको रुपमा रहला त्यो ठूलो कुरा होइन । तर मुलुकलाई एउटा कस्तो नेतृत्व दिंदैछौं भन्ने ठूलो कुरा होइन ।’
पार्टीको सभापति, सरकारको प्रधानमन्त्री वा मन्त्री बन्न हिंडेको भन्ने कसैलाई लागेको भए त्यो भ्रम मात्रै भएको उनको भनाइ छ ।
‘मलाई जीवनीमा ठूलो इच्छा छैन । जीवनी लेख्नु ठूलो कुरा होइन । हामी इतिहास लेख्ने यात्रामा छौं,’ सभापति लामिछानेले भने ।
रास्वपाका सांसदहरू नयाँ भएको कारणले मात्रै नभइ सधैं सिक्ने र सिकाउने प्रक्रिया जीवनको एक अभिन्न अंग भएको सभापति लामिछानेको भनाइ थियो ।
पछिल्लो समय विश्व राजनीतिले नयाँ मोड लिंदै गरेको अवस्थामा आफ्नो पार्टीको उदय भएको सभापति लामिछानेको भनाइ छ ।
‘विद्रोह भनेको समाजको निरन्तर प्रक्रिया हो । हामीले एक किसिमको विद्रोह गरेका हौं,’ सभापति लामिछानेले भने, ‘सही ढंगमा राजनीतिलाई लिएर आऔं, संसदीय अभ्यासलाई मर्यादित बनाऔं भन्ने हो ।’
प्रतिक्रिया 4