+
+
Shares

कामु प्रधानन्यायाधीशलाई रविको चुनौती- मेरो गर्धन त्यहीं छ, चलाइदिनुस् हतियार

रास्वपाका सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानून दिवसको अवसरमा शनिबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै चुनौती दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते १५:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको कानुन दिवस अभिव्यक्तिप्रति आपत्ति जनाउँदै चुनौति दिएका छन्।
  • लामिछानेले प्रधानन्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गएको र असंवैधानिक भएको जवाफ दिएका छन्।
  • उनले आफ्नो रिस पोख्नेहरूलाई चुनौति दिँदै अदालतलाई यसलाई हाँसोको विषय नबनाउन आग्रह गरेका छन्।

२७ वैशाख, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानून दिवसको अवसरमा शनिबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै चुनौती दिएका छन् ।

पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश सिफारिसमा भएको टीकाटिप्पणीबारे उनले जवाफ दिएका हुन् ।

‘प्रधानन्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गयो, असंवैधानिक भनियो । कसरी ६/६ जना सिफारिस गरियो ? ६ जनाको साटो वरिष्ठतम हुने भनिएको भए सोझै हुनेथियो नि संवैधानिक परिषद्को पनि आवश्यकता नै पर्थेन’ उनले भने, ‘त्यसरी आएकाहरूकै नामबाट हाम्रो पार्टीका वरिष्ठ नेताले प्रस्ताव गर्नुभयो । परम्परा भत्काइयो भनिएको छ । यदि परम्परा त्यही भइदिएको भए आज भागबन्डाको छलफल चलिरहेको हुन्थ्यो ।’

उनले यसमा आफूमाथि रिस पोख्नेहरूलाई चुनौती पनि दिए । ‘मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीं छ । चलाइदिनुस् हतियार’ उनले भने, ‘अदालतले पनि यसलाई हाँसोको विषय नबनाओस् । आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भनेर गर्नुपर्छ । कागजमा बन्दी न्याय नहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?