+
+
Shares

‘परालको आगो’ को कमाइ ४ करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १२:३५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘परालको आगो’ले घरेलु बक्सअफिसमा ४ करोड २५ लाख ४६६ रुपैयाँ ग्रस कमाएको छ।
  • ‘परालको आगो’लाई १ लाख ४३ हजार ७२४ जना दर्शकले हेरेका छन्।
  • ‘राम नाम सत्य’ले ३ करोड ४० लाख ८१ हजार ६९१ रुपैयाँ कमाएको छ।

काठमाडौं । घरेलु बक्सअफिसमा फिल्म ‘परालको आगो’ को ग्रस कमाइ ४ करोड रुपैयाँ नाघेको छ । सिनेपाः बक्सअफिसले शनिबार मध्यरातसम्मको कमाइको विवरण सार्वजनिक गरेको छ ।

जसमा, लक्ष्मण सुनार निर्देशित फिल्मले ४ करोड २५ लाख ४६६ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यो फिल्मलाई १ लाख ४३ हजार ७२४ जना दर्शकले हेरेका छन् ।

आइतबार पनि सरकारी बिदा भएकाले सो दिन पनि फिल्मको कमाइमा बढोत्तरी भएको निश्चित छ । प्रकाश सपुत र सुहाना थापा अभिनित यो फिल्म गुरुप्रसाद मैनालीको चर्चित कथा नासोबाट एडप्टेसन गरिएको हो ।

बिराज भट्ट र सुशील श्रेष्ठ स्टारर ‘राम नाम सत्य’को कमाइ ३ करोड ४० लाख ८१ हजार ६९१ रुपैयाँ ग्रस छ । सोही अवधिसम्म यो फिल्मलाई १ लाख २१ हजार ४०५ जना दर्शकले हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?