+
+
Shares

सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

धनकुटाको सहिदभूमि गाउँपालिका-१ की ४० वर्षकी विष्णुमाया राईको सुनको गहना चोरेर फरार भएका आरोपमा धरानबाट तीन जना पक्राउ परेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाको मदन चोकबाट विष्णुमाया राईको सुनको गहना चोरी गरी फरार तीन जनालाई धरानबाट पक्राउ गरिएको छ।
  • पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका-६ का धनबहादुर तामाङ, प्रेमलाल घिसिङ र राजु तामाङ रहेका छन्।
  • प्रहरीले चोरीमा प्रयोग भएको दुई मोटरसाइकल र सुनका विभिन्न गहनासहित पक्राउ परेकाहरूलाई धनकुटामा ल्याएर अनुसन्धान गरिरहेको छ।

२८ वैशाख, धनकुटा । धनकुटाको मदन चोकबाट सुनको गहना चोरी गरी फरार भएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

धनकुटाको सहिदभूमि गाउँपालिका-१ की ४० वर्षकी विष्णुमाया राईको सुनको गहना चोरेर फरार भएका आरोपमा धरानबाट तीन जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महतोका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका-६ का ३० वर्षका धनबहादुर भन्ने दानबहादुर तामाङ३३ वर्षका सन्तोष भन्ने प्रेमलाल घिसिङ र वर्ष ३८ का राजु तामाङ रहेका छन् ।

प्र ३–०२–०१३ प ८००१ नम्बरको मोटरसाइकल र बा ८२ प ९५६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले धनकुटा नगरपालिका-७ मदन चोकबाट राईको घाँटीमा रहेको १ तोला २ आनाको सुनको सिक्री लुटेर गत शुक्रबार फरार भएका थिए ।

राईले जिल्ला प्रहरी कार्यालय धनकुटामा दिएको उजुरीको आधारमा तीनै जनालाई सुनसरीको धरान उप महानगरपालिका- ८ स्थित एक होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई धनकुटा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको प्रहरी नायब उपरिक्षक महतोले जानकारी दिए।

उनीहरूको साथबाट प्रहरीले सुन जस्तो देखिने पहेंलो धातुको लकेटसहितको सिक्री १ थानलकेट बिनाको सिक्री १ थानसिक्रीको लकेट मात्र १ थानतिलहरी १ थानकानको बेरुवा कुण्डल १ थान र बेरुवा औंठी १ थान बरामद गरेको छ ।

यस्तै प्र ३–०२–०१३ प ८००१ नम्बरको बुलेट मोटरसाइकल र बा ८२ प ९५६४ नम्बरको एनएस मोटरसाइकल पनि बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?